पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानिटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।नगरभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी