काठमाडौँ- रश्मीकुमारी घिसिङले पहिलो हाफको अन्तिम मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्दा नेपाल महिला साफमा भारत विरुद्ध पहिलो जित निकाल्दै पाँचौपटक फाइनलमा पुगेको छ। दशरथ रंगशालामा सम्पन्न भएको प्रतिष्पर्धात्मक सेमिफाइनल खेलमा नेपालले जित निकाले सँगै उपाधिका लागि नेपालले अब बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल ३ असोजमा हुने छ।