युरोपेली देश पोर्चुगल विश्वका साना मुलुकहरुमध्ये एक हो । तर, त्यही सानो देशमा आप्रवासीहरुको आकर्षण भने ठूलो छ । आप्रवासी कामदारका लागि खुकुलो नियम भएकैले पछिल्लो समय पोर्चुगल नेपाली युवाहरुको प्रमुख गन्तव्य बनेको छ । आप्रवासीका लागि सहज कानुन र नियम त छँदै छ, यो देशमा लगानी गर्न पनि उत्तिकै सहज रहेको जानकारहरु बताउँछन् । उसो त पोर्चुगलमा जग्गा वा घर किन्नका लागि कार्ड वा भिषाको आवश्यकता पर्दैन छ । पोर्चुगल पुगेर त्यहाँको व्यक्तिगत राजश्व नम्बर अर्थात ट्याक्स नम्बर (फिनान्स नम्बर) लिएपछि १ वा २ ह