गुठी आन्दोलनको एक वर्ष : नेवार समुदायको बटमलाइन स्वायत्तता, सरकार पर्ख र हेरको रणनीतिमा!

'गुठीयार बिना कसरी गुठी चल्छ? गुठी र गुठीयारबिना त काठमाडौं निसासिन्छ।' गत वर्ष असार ४ गते माइतीघर मण्डल (फिब्व ख्य:) मा यस्तै नाराहरु गुञ्जिएका थिए। सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकविरुद्ध खबरदारी गर्न नेवार समुदाय माइतीघर पुगेको थियो। उक्त विधेयकको विरोध