नेप्से १४.८८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

सेयर कारोबार मापक नेप्से परिसुचक आज पनि १४.८८ अंकले बढेको छ । मंगलबार शून्य दशमलव ७० प्रतिशतले बढेको सेयर बजार २११९.६१ अंकमा सीमित भएको छ । आज कुल १५२ वटा कम्पनीको मूल्य बढ्यो भने ८५ वटा कम्पनीको मूल्य घट्यो । १० वटा कम्पनीको मूल्य स्थिर रह्यो ।