संक्रमणकालीन न्याय: विधेयक संसदीय समितिमै बन्धक

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनसम्बन्धी ऐनको संशोधित विधेयक संसदीय समितिमै बन्धक भएको छ । गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई आम माफी दिने गरी सरकारले पेस गरेको विधेयकका प्रावधानलाई जस्ताको तस्तै पारित गर्ने सत्तारूढ दल कांग्रेस र माओवादीको प्रयास छ ।

सम्बन्धित सामग्री

टीआरसीमा देउवा, ओली र प्रचण्डको सहमति कुर्दै संसदीय समिति

४ असार, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संसदीय उपसमितिले मुख्य विषयमा प्रवेश नै नगरी निर्धारित समय गुजारेको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गत जेठ ५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि सहमति जुटाउन ११ सदस्यीय […]