प्रहरी नेतृत्वको दौडमा पछि परेपछि तत्कालीन डिआइजी नवराज सिलवाल एकाएक राजनीतिमा होमिए। राजनीतिमा होमिएनन् मात्र सिलवालले आलोचकलाई एकपछि अर्को सरप्राइज दिइरहे। उनीमाथि लागेका अभियोगबाट बच्न तत्कालीन एमालेमा प्रवेश गरेको परिचर्चा सेलाउन नपाउँदै सिलवाललेप्रतिनिधिसभाको टिकटमात्र टुंगो गरेनन् संसद्को यात्रा पनि निश्चित गरे। ललितपुर कांग्रेसका परिचित युवा नेता उदयशमशेर राणालाई हराउँदै