काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिव दीपेश पुनलाई बनाउने सहमति भएको छ ।
काठमाडौँमा जारी २२ औं राष्ट्रिय सम्मेलनले पुनलाई बनाउने सहमति भएको स्रोतको भनाई छ । महासचिव पदको लागि विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनको नाममा सहमति भएको हो ।