भारतको गुजरातमा भइरहेको अन्तर्राष्ट्रिय दृष्टिविहीन पारा जुडो प्रतियोगितामा नेपालका अदित्य शेर्पाले स्वर्ण जितेका छन्। नेपाल र भारतका ४ राज्यका खेलाडी सहभागी प्रतियोगिताको पुरुष ६६ केजीमा आदित्यले भारतका जोन मकवानलाई इप्पोनमा पराजित गर्दै स्वर्ण जितेको टोली नेता एवं नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन्। श्रेष्ठले जनाए अनुसार पुरुष ६० केजीमा प्रकाश पाण्डे र ७३…