रोजगारी तथा अध्ययनको सिलसिलामा जापान आई बसोबास गर्ने नेपालीहरुको संख्यामा वृद्धि भई ८८ हजार ९ सय ५१ पुगेको छ । रोजगारी, व्यवसाय र अध्ययनका लागि उपयुक्त देखिएपछि नेपालीको प्रमुख रोजाइको गन्तव्य देश जापान हुँदै गएको हो ।
जापानको न्याय मन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार नेपालीहरुको बसोबास जापानको ४७ वटै प्रिफेक्चरमा रहेको पाइएको छ । जापानको ४७ वटै प्रिफेक्चरमा नेपालीहरु बसोबास गरेको पाइन्छ । सबैभन्दा बढी राजधानी टोकियोमा र कम तोत्तोरी प्रिफेक्चरमा बसोबास गरेको जापानको सरकारी तथ्यांकले देखाएको छ । टोकियोमा २७ हजार ५ सय ९८ जना नेपालीहरु बसोबास गर्दै आएका छन् । यो संख्या जापानमा रहेका नेपालीहरुको करिब एक तिहाइ हो ।