टीभीएसकोे ‘हर मोडमा उमंग’ अफर

काठमाडौं। नेपालका लागि टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘हर मोडमा उमंग’ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरीद गर्दा १० लाख रुपैयाँसम्म जित्ने कम्पनीले जानकारी दिएको छ । अफरमा स्कुटर वा मोटरसाइकल खरीद नगर्दै एक लाख जित्ने मौका समेत रहेको बताइएको छ । हरेक महीना शतप्रतिशत क्यासब्याक जित्ने अवसरका साथै एकजनाले बम्परमा १० लाख रुपैयाँसम्म जित्ने अवसर रहेको कम्पनीको भनाइ छ । एक्सचेन्जमा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरीद गर्न सकिने सुविधा पनि यस अफरअन्तर्गत छ । भदौ २८ गतेदेखि शुरू भएको यो योजना चाडपर्वको अवधिभर लागू हुने बताइएको छ ।

सम्बन्धित सामग्री

इसेवाले ल्यायो ‘एक मा चार’ अफर

काठमाडौं । इसेवाले ‘एक मा चार’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत दैनिक एक रुपैयाँ भन्दा कममै आफूसहित अन्य चार जना आफन्तको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने इसेवाले बताएको छ । यस अफरमा आफन्त र साथीभाइलाई समेत समावेश गर्न सकिनेछ । यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न […]

टेलिकमको ‘अटम अफर’ सञ्चालन

नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ ।कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिएको टेलिकमले जनाएको छ । २९ असोजदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ ।अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो […]

टेलिकमको अटम अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले अटम अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाएपछि टेलिकमले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिएको छ ।  असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ । यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो...

सुबिसुको ‘स्मार्ट डिल’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहार लक्षित ‘स्मार्ट डिल’ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्ष गरी यो अफर ल्याएको हो।...

निर्वाचनमा टेलिकमको अफर

नेपाल टेलिकमले ३० वैशाखमा हुने स्थानीय निर्वाचन जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।टेलिकमले उक्त अवसरमा ९८ रुपैयाामा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ । उक्त अफर यही २५ वैशाखदेखि ४ जेठसम्म उपलब्ध हुने कम्पनीले […]

नयाँ वर्षमा नेपाल टेलिकमको अफर

नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर ल्याएको छ ।विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको अफर उपलब्ध गराएको हो । यो अफर २९ चैत (आज) देखि ३ वैशाखसम्म उपलब्ध हुनेछ ।यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस […]

आइएमईको होस्टेमा हैंसे अफर सार्वजनिक

आइएमईले बैंकले होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । उक्त अफर फागुन १७ देखि चैत १७ सम्म लागू रहने कम्पनीले जनाएको छ । ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको अफर काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अफर अन्तर्गत देशभर बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन ५ जनालाई १ हजार रुपैयाँ हरेक हप्ता दुई २ जनालाई २५ सय रुपैयाँ र बम्परमा एकजनालाई १ लाख ५०

केजी इन्टरकन्टिनेन्टलको विन्टर अफर

केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको जनाएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ ।यो अफर देशभरका सबै शोरुममा लागू हुने प्रालिले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० […]

आइएमईको दसैं अफर सार्वजनिक

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबल अफर सार्वजनिक गरेको छ। उक्त अफर कात्तिक २६ गतेसम्म जारी रहनेछ।...

एम्बाप्पेका लागि रियलको नयाँ अफर

पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी किलियान एम्बाप्पेलाई क्लबमा भित्र्याउन रियल म्याड्रिडले दोस्रो अफर प्रस्तुत गरेको छ । गोल डटकमका अनुसार रियलले २० करोड डलर र थप १.२ करोड एडअनको अफर प्रस्तुत गरेको हो । यसअघि रियलले १८.८ करोड डलरको अफर पीएसजीसामु गरेको थियो । तर, त्यसलाई क्लबले अस्वीकार गरेको थियो ।अहिले नयाँ अफर राखेपछि स्पेनिस महारथी २२ वर्षीय सुपरस्टारलाई क्लबमा भित्र्याउनेमा विश्वस्त देखिएको छ । यो सिजनको अन्त्यमा एम्बाप्पेको पीएसजीसँगको करार सकिँदैछ । पीएसजीले उनलाई क्लबमा राख्न ६ वटा