सांस्कृतिक आदानप्रदान तथा शान्ति र सद्भावको उद्देश्य सहित नेपाल, भारत र श्रीलंका सम्मिलित मोटरसाइकल यात्रा हुने भएको छ ।पुस १५ देखि माघ ६ सम्म तीनै मुलुकका विभिन्न भागबाट मोटरसाइकल यात्रा हुने उल्लेख छ ।
काठमाडौं । नेपालमा एड्भेन्चर टूरिङको कल्चर धेरै विकास भइरहेको छ । नेपालको धेरै जसो पर्यटकिय क्षेत्रहरु हाई एल्टिट्युडमा भएका कारण पनि एड्भेन्चर यात्रा गर्नेहरुको रोजाइमा एड्भेन्चर मोटरसाइकल पर्नु सामान्य हो । नेपालको भौगोलिक बनोटका कारण पनि यस्तो टेरानहरुमा चलाउनका लागि एड्भेन्चर मोटरसाइकलहरु उपर्युत हुन्छन् । नेपालमा केही समय अघि डर्ट मोटरसाइकलको कल्चर सुरुवात हुँदै गर्दा […]
म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन् । विसं २०६५ मा ‘ट्र्याक’ खुलेको बेनी–लभ्लीहिल–भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म मोटरसाइकल …
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको वारी बेनीसम्मको दूरी १३ किलोमिटर छ। तर यो सडकमा यात्रा गर्न मन कसैलाई पनि लाग्दैन। मालढुङ्गाबाट जलजला गाउँपालिका हुँदै वारी पुग्दा १३ किलोमिटर दूरी भए पनि जलजलावासी वा काम विशेषले पुग्नेहरू बागलुङ हुँदै म्याग्दी पुगेर फर्किएर जलजला गाउँपालिकामा आउने गरेका छन्। यसो गर्दा करिब २० किलोमिटर आसपासको दूरी लाग्छ।बेनी–मालढुङ्गा सडक खण्डमा यो बेलामा मोटरसाइकल र स्कुटर त यो सडकमा हाल्ने आँट त गर्नै हुँदैन। कहीँ
काठमाडौं। यामाहा नेपालले ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ । यामाहा नेपालले १० जना यामाहा राइडरलाई आठदिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको हो । यात्रा २०२३ सेप्टेम्बर २० मा काठमाडौंको नक्सालमा रहेको ब्लू स्क्वायरबाट शुरू भएर मोटो जिपीको प्रत्यक्ष अवलोकन गरी काठमाडौं फर्कने योजना छ । छानिएका यामाहा राइडरले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको अवलोकन गर्नेछन् । मोटोजीपी सेम्टेम्बर २२ देखि २४ सम्म भारतमा हुँदै छ । यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको कम्पनीले जानकारी दिएको छ । जहाँ यामाहा राइडरले पहिलो चरणको दर्ताका लागि आफ्नो प्रारम्भिक विवरण पठाउन सक्ने बताइएको छ । यामाहाले दशजना राइडरको छनोट केही नियम र शर्तमा रहेर गर्ने जानकारी दिएको छ ।
सिन्धुली । सिन्धुलीमा रोयल इन्फिल्ड मोटर साइकलको माध्यमबाट राइडर यात्रा शुरु गरिएको छ । राजधानी स्थित हिमालयन मोटरसाइकल एक्सप्रियन्स क्लवको आयोजनामा वर्षेनी हुदै आएको देश दौडाहारुपी मोटरसाइकल राइडर यात्रा यसपटक तराइ र भित्री तराइका जिल्लाका साथै सिन्धुलीमा पनि सञ्चालन गरिएको हो । बाइक राइडरहरु राजधानी काठमाडौबाट मकवानपुर हुँदै तराई र भित्री तराईका आँप बगैंचामा पुग्दा […]
नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल माकेटिङले एक्सप्लस–२०० मोटरसाइकल खरिदमा एक अफर ल्याएको छ । आन्तरिक पर्यटन प्रवर्द्घनको उद्देश्यका साथ कम्पनीले लोमाङ्गथान भ्रमण गराउने अफर ल्याएको हो । जसअनुसार कार्तिक १६ गतेदेखि करिब ३० जनाभन्दा बढी एक्सप्लस–२०० चढ्ने ग्राहकहरुलाई सहभागिता गराउँदै यात्रा सुरु हुनेछ । सो यात्रा काठमाण्डौ–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुँदै करिब ९०० कि.मि.को हुने कम्पनीको भनाइ छ । नेपाल जनरल माकेटिङ
काठमाडौं । टीभीएसले गतहप्ता काठमाडौं एक ‘बार’मा अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन सार्वजनिक गर्यो । काठमाडौंमा नयाँ भर्सनको अपाचे १६० आरटीएफआई भर्सन सार्वजनिक हुँदै गर्दा मेरो अपाचे आरटीआर १६० फोर भीको पहिलो भर्सनले ३० हजार किलोमिटर यात्रा तय गरी सकेको थियो । सन् २०१९ मा मैले नयाँ मोटरसाइकल किन्ने निधो गरेँ । त्यसअघि […]
काठमाडौं (अस) । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित काठमाडौं– लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउन यात्रा सुरु गरिएको कम्पनीले बताएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्टबाट सुरु भएको यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटरको दूरी तय गर्नेछन् ।
नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा यात्राको औपचारिक सुरुआत गरे । यात्रामा सहभागी सबै मोटरसाइकल चालकलाई अनुशासित भएर भ्रमण पूरा गर्न आग्रह गरे । कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन बोर्डका प्रतिनिधिको विश्वास छ ।
सिमकोट– हवाईजहाजमा ढुवानी गरेर हुम्ला ल्याइएका मोटरसाइकलबाट छिमेकी चीनस्थित मानसरोवर कैलाशको दर्शनयात्रा सुरु भएको छ। हुम्लाबाट नेपाली भूमि लाप्चा हुँदै चीनको मानसरोवर पुग्ने गरिएको हो। परीक्षणका रुपमा मोटरसाइकलबाट यात्रामा गएका दुईजना युवाले १० घण्टामा लाप्चा पुगेर मानसरोवर दर्शन गरेका हुन्। मोटरसाइकल यात्री बखत खड्काले लाप्चा पुगी मानसरोवर कैलाशको दर्शन गर्न सफल भएको जानकारी दिए। यसअघि […]
बर्दिया : कैलालीबाट पूर्व-पश्चिम राजमार्ग हुँदै बर्दियामा जागिर गर्न आउने मानिसहरू निकै छन्। जागिरका लागि छिमेकी जिल्लासम्म पुग्नुपर्ने अवस्था त छँदैछ, देशको प्रमुख राजमार्गको हालतले उनीहरूलाई थप कष्ट दिइरहेको छ।साताको एक दिन त घर जानैपर्यो। प्रायः शुक्रबार उनीहरू मोटरसाइकल हाँकेर घरतर्फ लाग्छन्। शुक्रबार अफिस बिदा भएर घर जाने बेलासम्म साँझ पर्नै लागेको हुन्छ। निकुञ्जअन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्दा निक्कै डर लाग्ने गरेको उनीहरू बताउँछन्।&