जसपाको कार्यकारिणी समितिः यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६, तटस्थमा १ जना

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिमा अध्यक्षहरु महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्ष बढी बलियो देखिएको छ। सोमबार निर्वाचन आयोगमा पार्टी विवादबारे सनाखतका लागि उपस्थित भएका ५१ कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६जनाले समर्थन जनाएको आयोग स्रोतले जनाएको छ। कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन्। मत विभाजनबारे आयोगले भने आधिकारिक रुपमा केही खुलाएको छैन।

सम्बन्धित सामग्री

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । साथै जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमाथि पहिलो सुनुवाइ गर्दै न्यायाधीश राउतको इजलासले पुरानो […] The post सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.