गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज

काठमाडौँ,२५ मँसिर । तनहुँको भिमाद नगरपालिका -९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ । भिमाद नगरपालिका -९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले रु तीन लाख ५० हजार लगानी गरेको वडा सदस्य शिवकुमार […]

सम्बन्धित सामग्री

गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज

प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ।

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला स्थापना

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएको छ। विगतमा प्रयोगशाला नहुँदा कुनै पनि रोगको परीक्षण गर्न प्रदेशबाहिर पठाउनुपर्ने अवस्था रहेकोमा अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएपछि सहज हुने भएको छ। शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नुभयो। सो क्रममा मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताउनुभयो। उहाँले प्रयोगशाला सञ्चालन भएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रका रूपमा पनि विकसित गर्न लागिने जानकारी दिनुभयो।