दोस्रो हाफमा तालमेल अभाव हुँदा लक्ष्य पूरा भएन : कप्तान चेम्जोङ

नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताएका छन् । माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले टोलीमा युवा जोस भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताएका हुन् । शनिबार मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदा उपविजेतामा चित्त बु