ए डिभिजन लिग : चर्च ब्वाइजले सातदाेबाटाेलाई हरायाे

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले सातदाेबाटाे युथ क्लबलाई हराएकाे छ ।  आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चर्च ब्वाइजले सातदाेबाटाेलाई तीन–एक गाेलले हरायाे । चर्च ब्वाइजका लागि आशिष चाैधरी र मिलान राईले गाेल गरे । सातदाेबाटाेका लागि निरज चाैधरीले गाेल गरे ।  याे जितसँगै चर्च ब्वाइज १० खेलमा १८ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा उक्लिएको छ । उति नै खेलमा १७ अङ्क रहेको सातदोबाटो चौथो स्थानमा छ ।  आजै ललितपुरकाे च्य...