सनराइज बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्याटफर्मबाटै बैंकमा नगई आफैले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भे