राजाको श्रीपेच सार्वजनिकपछि प्रम ओलीले भने : हलीको गोरु धपाउने लौरो संग्रहालयमा कहाँ बस्छ? :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो नारायणहिटीमा रहेको पूर्व राजाको श्रीपेच सार्वजनिक गरेका छन्। १० वर्षअघि पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरेको श्रीपेच र राजदण्ड आजबाट प्रदर्शनीमा राखिएको हो। त्यसको प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका हुन्। श्रीपेचसँगै राजदण्ड, कायरालगायत १२ वटा वस्तु आजबाट प्रदर्शनीमा राखिएको