नेकपा (एस)को बैठक भोलि बस्ने गरेर स्थगित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पहिलो बैठक भोलि (बुधवार) बस्ने गरेर स्थगित भएको छ ।  बानेश्वरको अर्पण पार्टी प्यालेसमा बिहान १० बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।  बैठकमा सातवटा अजेण्डामा छलफलका लागि समूह बनाइएको छ । भोलिको बैठकमा छलफलको निष्कर्ष राखिने र त्यसपछि निर्णय हुने बताइएको छ ।