ढुवानी व्यवसायीलाई तत्काल आन्दोलन रोक्न निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल आन्दोलन रोक्न आग्रह गरेको छ । मंगलबार विज्ञक्ति जारी गर्दै निगमले तत्काल आन्दोलन रोक्न आग्रह गर्दै नरोके कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ । “पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणाप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ,” निगमले जारी गरेको विज्ञत्तिमा...