२०० अमेरिकी कम्पनी चीन छोडेर भारत आउने

२०० अमेरिकी कम्पनी भारतको लोकशभा चुनावपछि आफ्नो निर्माण केन्द्रलाई चीन छोडेर भारत लैजान इच्छुक देखिएका छन् । अमेरिका–भारत सम्बन्धलाई बलियो बनाउने विषयको वकालत गर्दै आएको स्वयंसेवी समूह यूएस–इन्डिया स्ट्राटेजिक एन्ड पार्टनरशिप फोरमले यस्तो बताएको हो ।