कास्की – पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सात वटा ठूला सहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको बुद्ध एअरले हवाई सञ्जालमार्फत पोखरालाई सात वटा ठूला सहरमा जोडेको हो । बुद्धले सातौँ सहरको रूपमा हिजाे शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ ।बुद्ध एअरकाे पाेखराका स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर हप्तामा तीन दिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी दिनुभयो । यात्रुकाे सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि उहाँले...