टिकटक बनाउँदा सेतीमा खसेकी युवती आठ दिनपछि मृत फेला

तनहुँ। शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने क्रममा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् ।

सम्बन्धित सामग्री

मोरङको बूढीगंगामा एक पुरुष मृत फेला

विराटनगर । मोरङको बूढीगंगामा आज (मंगलबार) एक पुरुष मृत फेला परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बूढीगंगा गाउँपालिका-५ का ३५ वर्षीय चन्देश्वर शर्मा मृत फेला परेका हुन् । घरनजिकको सडकको छेउमा रहेको नालीको पानीभित्र अनुहार डुबेको अवस्थामा शर्मालाई मृत फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट […]

पाल्पामा एक युवा मृत फेला

पाल्पामा एक युवा मृत फेला परेका छन् । बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दिपक भट्टराई मृत फेला परेका हुन् ।

बैतडीमा एक व्यापारी मृत फेला

बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाडौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ ।  स्थानीयवास

नवलपरासीमा बाबुछोरा मृत फेला

नवलपरासी पश्चिममा घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका छन् ।नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ पम्फापुरका ३८ वर्षीय बिनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासी खेतमा मृत फेला परेका हुन् ।घरभित्र पानी पसेपछि छिमेकीको घरमा बस्न हिँडेका उनीहरु शनिवार खेतको गह्रामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पाल्पामा एक वृद्ध मृत फेला

साउन १ गतेदेखि बेपत्ता भएका पाल्पा ख्याहा गाउँका एक जना वृद्ध सोमबार बिहान मृत फेला परेका छन् । रिब्दिकोट गाउँपालिका–१ ख्याहा गाउँका अन्दाजी ७० वर्षीय वृद्ध शालिकराम बिक मृत फेला परेका हुन् । उनी मृत फेला परेको जानकारी पाउन साथ घटना स्थलमा पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाती सहितको प्रहरी टोली घटना स्थलमा  पुगेर मुचुल्का उठाई अनुसन्धान अगाडी बढाएको जनाइएको छ । उनी उक्त दिन घरमा कसैलाई केहि नभनि बाहिर निस्किएको बताइएको छ ।

डा सुदिप अर्याल मृत फेला

मानसिक अस्पताल पाटनमा कार्यरत कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा सुदिप अर्याल मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनी बुढानिलकण्ठस्थित एक होटलमा मृत फेला परेका हुन्।

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन । जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घटनास्थलबाट अनुसन्धान शुरु गरि मृत शव पोस्टमार्टमका लागि डडेल्धुरा […]