काठमाडौं लगायत आज यी जिल्ला र नदीमा छ बाढीको उच्च जोखिम

काठमाडौं।बाढी पूर्वानुमान महाशाखाले आज झापा, सुनसरी,सिराहा, सप्तरी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट,धादिङ, चितवन,मकवानपुर, काठमाडौं र नवलपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ।“आज कन्काई, कोशी,कमला,बागमती जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔ,” महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।