टाउकाको मूल्य ५० लाख तोकिएका भारतीय माओवादी नेता मारिए

२८ कात्तिक, काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ । आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी […]