नेपाल एसबिआई बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

नेपाल एसबिआई बैंक सञ्चालक समितिका अध्यक्ष राजिव अरोराले पद तथा गोपनियताको सपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनियताका सपथ गराएका हुन् । बैंकको सञ्चालक समितिले अरोरालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष अरोरा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआई […]

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकको अध्यक्षमा राजिव अरोरा चयन

कात्तिक ८, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको अध्यक्षमा राजिव अरोरा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । कम्पनीको  आइतवार बसेको बैठकले स्टेट बैंक अफ इण्डियाबाट प्रतिनिधित्व गरी आएका सञ्चालक अरोरालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनियुक्त अध्यक्ष अरोरारले सोमवार नै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिना,डेपुटी गर्भनर बम बहादुर मिश्र, कार्यकारी निर्देशक देव कुमार ढकाल, कार्यकारी निर्देशक डा गुणाकार भट्ट, नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई.भारतका मुख्य महाप्रबन्धक बि.आर.एस. सत्यनारायण, बैंकका सञ्चालकहरु रजय कुमार सिन्हा, बाल कृष्ण श्रेष्ठ, विमला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।