निजी क्षेत्र संकुचित हुने कानुन नल्याउने प्रधानमन्त्रीको दाबी

सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने वा उद्योग–व्यवसायमा नकारात्मक प्रभाव पर्ने कुनै पनि कानुन नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि हात हाल्न पाउने गरी कानुनी व्यवस्था गर्न खोजिएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेपछि प्रधानमन्त्रीले त्यस्तो कानुन नबनाउने बताएका हुन् ।