झन्डै दुई महिनादेखि नयाँ निष्कासन अनुमति नदिएको नेपाल धितोपत्र बोर्डले अहिले थप सेयर निष्कासन (एफपीओ) र हकप्रद सेयर निष्कासनको अनुमति दिने तयारी गरेको छ । अध्यक्ष नभएको भन्दै गत पुस तेस्रो सातायता प्राथमिक निष्कासन (आईपीओ), थप प्राथमिक निष्कासन (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ ।