कर्णाली प्रदेश सरकारले जगदुल्ला जलविद्युत् आयोजनामा लगानी गर्ने

सुर्खेत – कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ७१ हजार ५०० कित्ताशेयर किन्ने निर्णय गरेको हो । प्रदेश सरकारले कर्णालीमा निर्माण हुने ठुला विद्युत् परियोजनामा शेयर साझेदारी गर्ने नीति अनुसार जगदुल्ला जलविद्युत आयोजनामा शेयर साझेदारी गर्ने भएको हो । उक्त कित्ताशेयर किन्नका लागि ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गर्न जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई ज...

सम्बन्धित सामग्री

कबुल रकम बुझाउन जगदुल्ला हाइड्रोको आग्रह, एचआईडिसीएल भागमा २३ करोड

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरूलाई आफुले लिन कबुल गरेको जारी पूँजीमध्ये बाँडफाँट गरिएको सेयर बापतको शतप्रतिशत रकम माग गर्न आग्रह गरेको छ। कम्पनीले ३० दिन भित्र उक्त रकम जम्मा गर्न संस्थापक सेयरधनीहरूलाई आग्रह गरेको हो ।कम्पनीले ६३ लाख ४९ हजार ३०० कित्ता सेयरको प्रति कित्ता रु.१००/- का दरले हुन आउने जम्मा त्रिसट्ठी करोड उनान्पचास लाख तीस हजार रुपैयाँ जम्म गर्न आग्रह गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (२) को प्रयोजनार्थ सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ। जस अनुसार विद्युत उत्पादन कम्पनी लिमिटेडले ४ लाख ९१ हजार ८ सय कित्ताको लागि ४ करोड ९१ लाख ८० हजार रुपियाँ बुझाउनु पर्ने छ भने एचआईडिसीएलले २३ लाख ४३ हजार कित्ताको लागि २३ करोड ४३ लाख रकम बुझाउनु पर्ने छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणले २१ लाख ८ हजार ७ सय कित्ताको लागि २१ करोड ८ लाख ७० हजार बुझाउनु पर्ने छ भने कर्णाली प्रदेश सरकारले ११ लाख ७१ हजार ५ सय कित्ताको लागि ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बुझाउनु पर्ने छ । त्यस्तै स्थानीय तह तर्फ जगदुल्ला र मुड्केचुला गाउँपालिकाले २ लाख ३४ हजार ३ सय कित्ताको लागि २ करोड ३४ लाख ३० हजार रकम बुझाउनु पर्ने छ । तल्लो डोल्पामा अवस्थित जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाट क्षमताको आयोजना हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भईसकेको छ । आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको छ । आगामी आवदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको तयारी छ । कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।

जगदुल्ला जलविद्युत् आयोजनामा अधिकतम शेयर हाल प्रदेश सरकार इच्छुक

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जगदुल्ला जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनुपर्नेमा जोड दिएका छन् । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न थालिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको प्रगतिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफल कार्यक्रममा उनले आयोजनाबारे जानकारी लिँदै जगदुल्ला जलविद्युत् आयोजना कर्णालीको विकास र समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रदेश सरकार अधिकतमरूपमा लगानी गर्ने सोचमा रहेको भन्दै प्रदेश गौरवको आयोजना बनाई त्यसमा बढीभन्दा बढी शेयर लगानी गर्न प्रदेश सरकार तयार भएको बताए । उनले पाँच प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न पाउने भन्ने कार्यविधिसमेत सच्याउन आग्रह गरे ।मुख्यमन्त्री शाही, ऊर्जा विकासमन्त्री सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाबीचमा भएको छलफलमा जगदुल्ला जलविद्युत् आयोजनाको प्रगति विवरण पेश गरिएको थियो ।छलफल कार्यक्रममा निमित्त कार्यकारी प्रमुख सापकोटाले आयोजनाको ट्रस्ट एडिट टनेलको काम शतप्रतिशत सम्पन्न भएको बताए । आयोजनाको विद्युत् उत्पादनगृह इलमा थप भौगर्भिक अध्ययन कार्य भइरहेको बताउँदै उनले आयोजनाको काम निर्माण चरणमा अगाडि बढेको बताए । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ४०० मिटर खन्ने काम सम्पन्न भएकोे उनको भनाइ थियो ।जाजरकोट–डोल्पा (भेरी करिडोर) अन्तर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका– १ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई छ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको उनले जनाए । उनका अनुसार आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको छ ।“आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिनाभित्र पेश गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको छ”, उनले भने, “विद्युत् उत्पादनगृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापनका लागि दुईवटा भवन निर्माण र विद्युत् खरिद बिक्री तथा सम्झौताको कामसमेत भएको छ ।” वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।आयोजनास्थलसम्म जान र आउनका लागि इल, नील दहमा पुल आयोजना आफँैले निर्माण गर्ने भएको छ । जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट–इलसम्मको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिए पनि ठेकेदारको ढिलासुस्तीले बल्ल काम सुरु भएको जनाइएको छ ।वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाइ आगामी आवदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको भनाइ छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनोटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए ।