हिँडेर जानुपर्दा उनी विद्यालय सधैं ढिला पुग्थिन् । कपिलवस्तु नगरपालिका–२ लमतियाकी ११ कक्षाकी छात्रा विद्यावती यादवलाई अब त्यो समस्या हुने छैन । वडा कार्यालयले साइकल दिएपछि उनले विद्यालय छिटै पुग्न पाउने भएकी हुन् ।
दाङ- स्कुल टाढा छ। आउन जान गाह्रो पर्छ। स्कुल पुग्ने बेलामा पहिलो पिरियड सुरु भइसकेको हुन्छ। कतिपय अवस्थामा पढाइ पनि छुट्छ। साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ कक्षा १२ मा अध्ययनरत छात्रा टीका बुढा मगरले बताइन्। टीकाजस्तै अरू विद्यार्थीलाई पनि अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ। विद्यालय आउन […]
भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रदेश २ सरकारले जनकपुरधामको एक सामुदायिक विद्यालयमा साइकल वितरण गरेको थियो । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरणका क्रममा एक छात्रालाई साइकल दिइएन ।भारतीय नागरिक भन्दै छात्रा लाडली खातुनलाई साइकल नदिइएको हो । साइकल नपाएपछि रुँदै घर फर्किएकी उनकोबारे सामाजिक सञ्जालमा निकै चर्चा भयो ।लामो समयदेखि उनको परिवार नेपालमै रहेर काम गर्दै आइरहेको छ । उनका पिता मोहम्मद आलमले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा अध्ययन गराउँदै आ