इलामको करिब ३ हजार २ सय मिटर उचाइको छिन्टापु वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गर्दा पाँचथरका संरक्षणकर्मी जीवन राईले पाटेबाघ कैद होला भन्ने रत्तिभर सोचेका थिएनन् । ‘त्यही बाघ हेर्न कैयौंपटक चितवन र बर्दिया निकुञ्ज धाएको थिएँ । यहीँ मैले ३ हजार १ सय ६५ मिटर उचाइमा राखेको क्यामेरामै पो बाघ कैद भएछ,’ हाब्रे (रेडपान्डा) संरक्षणमा सक्रिय राईले सुनाए ।