आर्मी र एपीएफको महिला टोली विजयी (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले सोमबार राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगिताको छैटौँ संस्करणमा आर्मी र एपीएफको महिला टोलीले विजय हासिल गरेका हुन् । पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–०...