क्याटलान । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडीसमेत तलब कटौतीका लागि सहमत भएको क्लबले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको थियो …