पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डक नहरमा र्याफ्टिङ चलाउने योजना बनाएको छ । प्रतापपुर गाउँपालिका क्षेत्रमा सो नहरको करिब १० किलोमिटर क्षेत्रमा र्याफ्टिङको सम्भावना र यसका चुनौतीका बारेमा छिट्टै अध्ययन गरी परीक्षणसमेत गरिने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जनाए ।त्रिवेणी ब्यारेजदेखि भारतीय सीमावर्ती गाउँ झुल्निपुरसम्म नेपाली भूभाग भएर बगेको गण्डक नहरमा र्याफ्टिङ चलाएर पर्यटकीय गतिविधि बढाउने उनको भनाइ छ । प्रतापपुर र सुस्ताको सिमाना