एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा भुक्तानी, ३ जनाले पाए १०/१० लाख रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत तीन जना ग्राहकलाई बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ भुक्तानी गरेको छ । सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । […]