सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा काठमाडौंको चक्रपथ बाहिर र भक्तपुरमा खानेपानी विस्तार गर्ने जनाइएको छ । मंगलबार राष्ट्रपतिले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा थप ४ लाख परिवारलाई उच्च तथा मध्यमस्तरको खानेपानीको व्यवस्था गरिने जनाइएको छ । काठमाडौंको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरि खानेपानीको पाइप बिच्छ्याउन सुरु गरिने र खानेपानीको स्रोतको संरक्षण गर्ने, काठमाडौंमा पानी वितरणका लागि थप जलाधार स्रोतको खोजी गरिने जनाइएको छ । यस