त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी कोर्षमा खुल्यो भर्ना

त्रिभुवन विश्वविद्यालय (टीयू) को चार वर्षे स्नातक तह (ब्याचलर्स) मा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) कोर्षमा भर्ना खुला भएको छ ।  विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो । बीएससी सीएसआईटीमा भर्ना हुन चाहने विद्यार्थीले टियुको पेजमा गएर अनलाइन आवेदन दिन...