सेवा प्रवाहमा कमी नगर्न गृहसचिव सिंहको निर्देशन

सुर्खेत । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नागरिकलाई सेवा प्रवाहमा कुनै कमीकमजोरी बाँकी नराख्न निर्देशन दिएका छन् । मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेतको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन तथा निरीक्षण गर्दै गृह सचिव सिंहले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी छिटोछरितो, कम खर्चिलो र सर्वसुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । ‘भवन ठूलो भएर मात्र पुग्दैन । सेवा प्रवाहका लागि आवश्यक आधारभूत सेवासुविधा समेत उपलब्ध हुनुपर्छ,’ उनले भने, ‘देशैभरि जिल्ला प्रशासन कार्यालयका नवनिर्मित भवनमा पूर्वाधारको कमी देखिएको छ ।’ नागरिकलाई दिने सेवासुविधा बढाउन स्थानीय तथा प्रदेश सरकार, नागरिक समाज तथा दाताहरूबाट स्वैच्छिक सहयोग लिन सकिने उनले बताए । पूर्वाधार विकासले सेवा प्रवाह सहज बन्ने भएकाले नयाँ भवनबाट सेवा लिने र दिने दुवैलाई सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले प्रशासन कार्यालयका लागि आउने न्यूज बजेटले अपेक्षाकृत सेवा प्रवाहमा समस्या भइरहेको बताए । नयाँ भवन निर्माण भएसँगै आवश्यक साधनस्रोतका लागि थप बजेट पठाइदिन गृहसचिवसँग उनले आग्रह गरे । साढे ७ करोड रुपैयाँ लागतमा जिल्ला प्रशासन कार्यालयको चारतले भवन निर्माण गरिएको हो । तोकिएको समयभन्दा ७ महीनाअघि नै निर्माण सम्पन्न गरेबापत ठेकेदार कम्पनी सुनकोशी/प्रजिल/अभियान जेभी काठमाडौंलाई गृहसचिव सिंहले सम्मान गरेका छन् ।

सम्बन्धित सामग्री

सुशासनलाई थप बलियो बनाउन मन्त्रालयले काम गरिरहेको छ: गृहसचिव सिंह

काठमाडौँ, २४ वैशाख ।  गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन्। गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा उनले मन्त्रालयले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् । […]

विवादमा मुछिँदै गृहसचिव सिंह

गृहसचिव भएको ६ महिनाको अवधिमा सिंहले ४७ लाख ३७ हजार रुपैयाँ सुराकी खर्च बुझेका छन् ।

विवादमा मुछिँदै गृहसचिव सिंह

गृहसचिव भएको ६ महिनाको अवधिमा सिंहले ४७ लाख ३७ हजार रुपैयाँ सुराकी खर्च बुझेका छन् ।

अनुशासित र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्या समाधान गर्छ : गृहसचिव सिंह

गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन्। आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन्।  सचिव सिंहले अनुशासित, स्वच्छ...

निर्धक्क भएर मतदान गर्नुहोस् : गृहसचिव सिंह

सरकारले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

निर्वाचनविरोधी गतिविधिमा शून्य सहनशीलता : गृहसचिव सिंह

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने भन्दै गृहसचिव  विनोद प्रकास सिंहले त्यस्ता व्यक्ति र समूहमाथि निगरानी बढाएको बताएका छन् ।

निर्वाचनकेन्द्रित सुरक्षा व्यवस्था तयारी पूरा : गृहसचिव सिंह

सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।

देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक छ : गृहसचिव सिंह

गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ ।