काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गएको शुक्रवारदेखि पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । गए राति १२ बजेदेखि कर्फ्यु हटाएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । दुई समूहबीचको विवाद बढेर झडप हुन थालेपछि सुनसरीको हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिकामा कर्फ्यु लागू भएको थियो । […]
काठमाडौँ । सुनसरीका दुई गाउँपालिकामा फेरि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। हरिनगर गाउँपालिका क्षेत्र र देवानगन्ज गाउँपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । शुक्रबारदेखि जारी गरिएको कर्फ्युलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । सामाजिक, धार्मिक, राजनीतिक सभा, –यालीरभेलार प्रदर्शन गर्ने लगायतका […]
२४ चैत,विराटनगर । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि सुनसरीका पाँचवटा पालिकामा शनिबार पनि कर्फ्यु जारी छ ।
दुई समूहबीचको झडपले उग्र रुप लिएपछि शुक्रबार बेलुकाबाट जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, …
जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा शनिबार साँझ ५ बजेदेखि …