काठमाडौं, साउन ८ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारभित्रका मन्त्रालयमा मन्त्री तथा सचिव भेट्न प्रायः हम्मेहम्मे पर्नेगर्छ । ‘सोर्सफोर्स’ नभएका सामान्य नागरिकलाई त मन्त्री–सचिवलगायत उच्चपदस्थ भेट्नु ‘आकाशको फल आँखा तरी मर’जस्तै हुने गरेको छ । सिंहदरबारका अधिकांश मन्त्रालयमा मन्त्री, सचिव, सहसचिव भेट्न जाँदा उनीहरूको सचिवालयबाहिरै भन्ने एउटै शब्द हो, ‘मन्त्री, सचिव, सहसचिव मिटिङमा व्यस्त हुनुहुन्छ […]