शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । चल्तीका गायक÷गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न÷सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले […]