स्कोडाको दशैं अफर

काठमाडौं (अस) । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं, तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरी  ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न सक्ने कम्पनीले बताएको छ । स्कोडा कुशाकको खरिद सहज बनाउन कम्पनीले दसैं योजना ल्याएको हो । सात वर्षे ऋण अवधिको योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि कम्पनीले विशेष योजना ल्याएको छ । ग्राहकले हरेक स्कोडा खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छन् ।