छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ। महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ।तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने भनि गरेको निर्णय लागू हुनु केही घण्टाअगाडि उल्टाउँदै कार्यान्वयन नगर्ने निर्णय गरेको थियो। छात्रालाई विद्यालय जान दिने तालिवान सरकारको निर्णयबाट खुशी भएकाहरू अहिले निराश भएका छन्।उनीहरूले निर्णय कार्यान्वयन गर्न माग गर्दै व