संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तन मनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि ...