इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ- युरोपेली राष्ट्र स्पेनले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको ९ औँ संस्करणको फाइनल खेलमा इंग्ल्यान्डलाई १-० गोलले हराउँदै स्पेनले महिला विश्वकपको उपाधिमा पहिलो पटक जितेको हो ।  स्पेन विश्वकपको समूह चरणको खेलमा जापानसँग ४-० गोलले पराजित...