कलाकार खोज्दै ‘सलहेस : द पिपुल्स हिरो’

कलाकार अनुसार कथा लेखिनु नेपाली फिल्मको पुरानै समस्या हो। निमार्ताले सुरुमै ‘फलानो कलाकारलाई फिट हुने कथा है’ भनेर लेखकलाई लेखाउने गर्छन्। कमैले मात्र क्यारेक्टरअनुसार एक्टर खोज्छन्। १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस : द पिपुल्स हिरो’ले पनि क्यारेक्टरअनुसार कलाकार छनौट गर्ने भएको छ।