समाचार संकलनका लागि खटिएका पत्रकार दुई घण्टा हिरासतमा

कञ्चनपुर : प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं. ४ फ्रिलाइनस्थित अलकत्रा भएको ट्याङकरमा आगजनीको समाचार संंकलन गरिरहेका पत्रकार रनि विवशलाई मंगलबार राति पक्राउ गरी दुई घण्टा हिरासतमा राखेकाे छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्ना नेतृत्वको प्रहरी टोलीले राति १० बजे आगजनी स्थलमा पक्राउ गरी दुई घण्टा हिरासतमा लिएर मध्यराति छाडेको हो।आगजनी भइरहेको डिस्ट्रिब्यूटर्स नजिक उभिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षकलाई मुचुल्का बनेको विषयमा प्रश्न