युक्रेन तनावले युरोपमा त्रास, पुटिनको मनमा के चलिरहेको छ ?

रुस र युक्रेनबीच युद्धको स्थिति बनेको छ र यस तनावका कारण पश्चिमी मुलुकहरू चिन्तित छन् ।  यो तनाव चर्किएमा युद्धको स्थिति आएमा यसले युरोपलाई डढाउन सक्ने पश्चिमको चिन्ता हो । युद्ध भएमा दोस्रो विश्वयुद्धभन्दा खराब स्थिति आउनेछ ।  पश्चिमी मुलुकहरूको गुप्तचर संस्थाहरूले युक्रेन सीमानजिक रुसले एक लाख सैनिक तथा ट्यांक र तोप तैनाथ गरेको अनुमान गरेका छन् । जनवरी महिनाको अन्त्यसम्ममा यिनीहरूको संख्या १.७५ लाखसम्म पुग्ने अमेरिकाको विश्वास छ ।  युक्रेनमाथि रुसको कुनै पनि आक्रमणको गम्भीर आर्थिक परिणाम आउने चेतावनी ...