पोखरा – प्रतिनिधि छनोटमा भएको विवादलाई सुल्झाउँदै नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन तोकिएकै मितिमा हुने भएको छ। जिल्ला अधिवेशन चैत १० र ११ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ। जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रतिनिधि छनोटको सर्कुलर फरक पठाएपछि विवाद सिर्जना भएको थियो। प्रतिनिधि छनोट पनि रोकिन पुग्यो। भूगोलबाट आउने प्रतिनिधि छनोट प्रक्रियामा भएको […]