काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभएकाे छ ।
आज बिहीवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेलगत्तै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालयको पदभार ग्रहण गर्दै कोइरालाले शान्ति प्रक्रियाका पूरा गर्न बाँकी काम टुङ्ग्याउन पहल गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘हिजो म फरक भूमिकामा थिएँ । आज सरकारकाे तर्फबाट ती...